गोरखा–नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई गम्भिर आरोप लगाएका छन् । उनले वर्तमान सरकार नाता र दातामा लागेको बताएका हुन् ।
सोमवार, माघ ६, २०७६ प्रेस युनियन गोरखाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले बालुवाटार बाट सिंहदरबार जान नसक्ने प्रधानमन्त्री भएको र उनको उहाँको वरपर बस्नेहरुले देश चलाएको बताए ।
https://www.facebook.com/ramharikhatiwada15/videos/3114485651912576/?t=0
उनले ओली नेतृत्वको सरकार भष्ट्राचारमा चुर्लुम्म डुबेको समेत बताए । सरकार सँग जनताले गरेको ठूलो अपेक्षा पुरा हुन नसकेको उनको भनाइ थियो ।
यतीलाई जग्गा दिने, निर्मला पन्तको हत्यारा पत्ता नलगाउने, ३३ किलो सुन फेला नपार्ने, सीमा मिचिँदा सरकार मौन बसेको, जस्ता मुद्धले सरकारको काम छर्लङ भएको छ,’ उनले भने।
https://www.facebook.com/ramharikhatiwada15/videos/2173486116288700/?t=0
उनले नेपाल कम्युनिस्ट पार्टी भित्र दुईवटा पाईलटले आफ्नो मान्छे भर्ति गर्न खोज्दा सभामुख चयन गर्न चार महिना लागेको बताए । खतिवडाले नेकपाको बिभाजन पाँच वर्ष भित्रै हुने ठोकुवा गर्दै भने ‘यो सरकार ५ वर्ष जाने छाँट छैन, बिचमै मद्यावधी चुनाव हुनेछ।’
