च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला र साहित्य कला/साहित्य मनोरन्जन मुख्य समाचार समाचार

शैलुङ डाँडामा कविता गोष्ठी सम्पन्न

पुस्पा थपलिया

दोलखा । ‘कविता यात्रा’ को दोस्रो दिन, सहभागी सर्जकहरु शैलुङको डाँडामा कविता वाचन गरेका छन् । केहि सर्जकले शैलुङ पुग्दै गर्दा त्यहीँको वातावरणमा रमाउँदै कविता रचना गरेर वाचन समेत गरेका थिए ।

चरणावती धाममा रहेको त्रवेणी अवलोकन गरेर यात्रा सुरु गरेको टोलीले सीताको धारा, सीताको चुल्हो हेर्दै पहरी खर्कमा रहेको समाजसेवी शोभित उप्रेतीको घरमा चिया नास्ता गरेको थियो । उक्त स्थानमा सानो चिया बगान सँगै कृषि संग्रालय बन्ने क्रममा छ ।

त्यस्तै, शैलुङ गाउँपालिका वडा नम्बर ८ मा रहेको भैंसेको वडा कार्यालयमा त्यहाँका स्थानीय बासिन्दा, वडा अध्यक्ष र पदाधिकारीले स्वागत गरेका थिए ।

अफ्ट्यारो बाटोमा गाडी धकेल्दै यात्रा गरेको टोलीले शैलुङको फेदमा रहेको झोर बजारमा खाना खाएर पैदल यात्रा सुरु गरेको थियो ।

बिस्तारै पैदल यात्रा सुरु गरेको टोलीले शैलुङ का सुन्दर डाँडा अवलोकन गर्दै कविता यात्रा अन्तर्गत सर्जक हरुले कविता वाचन गरेका हुन् ।

बालकलाकार रञ्जना थपलियाले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् । उनको नृत्यले पुरै शैलुङ डाँडा थप रोमाञ्चक बनेको थियो ।

कविता यात्रा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जकहरु शैलुङको यात्रामा निस्केका थिए।

कविता यात्रामा सहभागी सर्जकहरुमा मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्रा. डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुभाष चन्द्र पौडेल, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, कृष्ण के. सी., नीता श्रेष्ठ, डा. बुनु दाहाल, नवीन शाही लगायत रहेका छन् ।

यसैगरी चर्चित गायकहरु नरहरी प्रेमी, रितु कंडेल र बालनृत्य संचारकर्मी हेम थपलिया पनि यात्रामा सहभागी छन् ।
अन्तिम दिन, ‘स्रष्टा घर’को शिलान्यास र भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुने यात्राका संयोजक लेकालीले बताए ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *