च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला/साहित्य भिडियो मनोरन्जन समाचार

लोकप्रिय गायक कन्हैयाको गीत ‘तिम्ले भुल्न सकेपनि’ को फिमेल भर्सन समीक्षाको स्वरमा

काठमाण्डौ –आजभन्दा झण्डै पन्ध्र वर्ष अगाडि चर्चित गीतकार प्रकाश के.सी.को शब्द, चर्चित संगीतकार सन्तोष श्रेष्ठको सङ्गीत र प्रसिद्ध गायक कन्हैया सिंह परियारको स्वरमा रेकर्डिङ गरिएको गीत ‘तिम्ले भुल्न सकेपनि’ बोलको गीत पुनः फिमेल भर्सनमा बजारमा आएको छ । यस अघि अञ्जु पन्तको स्वरमा समेत यो गीत वजारमा आईसकेको छ ।
तिम्ले भुल्न सकेपनि, मैले भुल्न सकिन भो
भमरा झैँ छानीछानी फूलमा डुल्न सकिन भो
बैगुनीको मायाले धुरुधुरु रुने बनायो

यो सर्वप्रिय गीत आजभन्दा झण्डै पन्ध्र वर्ष अगाडि प्रकाश के.सी.को शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र कन्हैया सिंह परियारको स्वरमा रेकर्डिङ गरिएको थियो । आजको नयाँ पुस्तासँग सहकार्य गरेर अगाडि बढ्ने सिलसिलामा उक्त गीत पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा रेकर्ड गरि कभर भिडिओ समेत सार्वजनिक गरिएको छ ।

गीतमा सन्जिब बराइलीको म्युजिक एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ भने कभर भिडिओमा गायिका समीक्षा अधिकारीले आफैँ अभिनय गरेकी छिन् । रामकुमार के.सी.को छायाङ्कन र पदम सुवेदीको सम्पादन रहेको यो भिडिओ सन्तोष राजबहाकको निर्देशनमा छायाङ्कन भएको हो । भिडिओलाई कामना डिजिटल नामक युट्युब च्यानलले सार्वजनिक गरेको छ ।

 

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *