च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला/साहित्य कला र साहित्य भिडियो मनोरन्जन समाचार

सविता पोख्रेलको एक चिम्टी सिन्दुर सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ – म्युजिक खबरकी सम्पादक तथा गीतकार सबिता पोख्रेलको एक चिम्टी सिन्दुर सार्वजनिक भएको छ । चर्चित गायिका अन्जु पन्तको स्वर रहेको उक्त गीतमा अहिलेका सक्रिय संगीतकार सरोज कोइरालाले संगीत भरेका छन् । गीतमा माया प्रेम मिलन विछोडका कुराहरुलाइ समेटिएको छ भने विवाहित पुरुषले पनि बाह्य सम्बन्धहरु बनाउदै हिड्ने र आफ्नै श्रीमतीलाइ धोकाको भुमरीमा राख्ने गरेका कुराहरुलाइ गीतकार पोख्रेलले निकै मार्मिक ढङ्गबाट उठान गरेकी छन् ।

समय सान्दर्भिक शब्दहरु बेलाबेलामा श्रोताहरुमाझ पस्कदै आएकी गीतकार पोख्रेलका यस अघि पनि लोक, आधुनीक तथा पर्वका गीतहरु नेपाली सांगितीक बजारमा आईरएका रहेका छन् । एक चिम्टी सिन्दुको भिडियोमा चर्चित मोडल सागर लम्साल (बले), अञ्जली अधिकारी र समिक्षा क्षेत्रीको अभिनय देख्न सकिन्छ । म्युजिक खबरको युटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा नविन उप्रेतीको सम्पादन तथा नवराज उप्रेतीको छायाँकन रहेको छ भने प्रकाश भट्टको निर्देशन रहेको छ ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *