च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला र साहित्य कला/साहित्य मनोरन्जन समाचार

जनक सिंहले जिते सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड

काठमाण्डौ- एक दशक भन्दा बढी समय देखी चलचित्र तथा म्युजिक भिडियो निर्देशन क्षेत्रमा कृयाशिल  निर्देशक जनक सिंहले   तेश्रो नाटेश्‍व म्युजिक अवार्ड जित्‍नु भएको छ ।  ‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नाराका साथ चलचित्र बिकास बोर्ड काठमाण्डौमा सम्पन्न तेस्रो नाटेश्वर म्युजिक अवार्डमा हे धोके बाज बोलको गीतबाट सर्बोउत्कृष्‍ट सुगम संगीतको म्युजिक भिडियो निर्देशक अवार्ड प्राप्त गर्नु भएको हो।

कान्तिपुर फिल्म एकेडेमि बाट फिल्म डिरेक्सनमा डिप्लोमा गर्न भएका सिंह मुलतः नेपाली सुगम संगितका सफल म्युजिक भिडियो निर्देशकको रुपमा चिनिनु भएको छ। उहाँले दर्जनौ टेलिचलचित्र तथा डकुमेन्ट्री एबम करिब दुई सय बढी म्युजिक भिडियो निर्देशन गरी नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै आईरहनु भएको छ ।यस अबधिमा उहँले थुप्रै सम्मान एबम कदर पत्र र अवार्ड समेत प्राप्त गरिसक्नु भएको छ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *