आफुविरुद्धका आधारहीन आरोप पुष्टि गर्न चुनौती, गर्दै नेपाल एसिस्टेन्सका सञ्चालक दामोदर ढकालद्वारा प्रेस काउन्सिलमा दिए उजुरी
काठमाडौं । नेपाल एसिस्टेन्स प्रालिका सञ्चालक तथा ट्रेकिङ एजेन्सीज एशोशियसन नेपालका सचिव दामोदर ढकालले एक अनलाइन मिडियालेतथ्यहीन समाचार लेखेर आफ्नो मानहानी गरेको भन्दै कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दिएका छन्।
ढकालले २०७९ असार ६ र ८ गते उक्त अनलाइन मिडियामा प्रकाशित ‘पर्यटक उद्दारको ‘फर्जी’ बिल बनाएर बीमा ‘ठगी गर्ने धन्दा’मा टानका सचिव‘दामोदर ढकाल १’ शीर्षकको समाचारमा कुनै सत्यता नभएको भन्दै प्रेस काउन्सिललाई उजुरी दिएका हुन्। उक्त अनलाईन मिडियाले कपोकल्पित, आधारहीन समाचार प्रकाशन गरेर आफ्नो जीवनमा जीवनमा खेलवाड गर्न खोजेको ढकालको भनाइ छ। उक्त अनलाइनमा मिति २०७९र०३र६ र ८ माप्रकाशित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ ढकालले पत्रमा लेखेका छन्,‘उक्त समाचारमा प्रकाशित भएका विषयवस्तु कपोलकल्पित, आधारहिन, तथ्यबिना मेरो जीवनमा खेलवाड गर्ने, व्यवसायीक रुपमा कमजोर बनाउने तरिकाबारे नियोजित रूपमा कसैको आडमा, कसैद्वारा प्रायोजितरूपमा लेखिएको समाचारको तथ्यसहित पुष्टि गर्नको लागि समाचार प्रेषकलाई अनुरोध र चुनौती दिन चाहन्छु।’
यसरी झुट समाचार लेखेर भ्रमित बनाउने सञ्चारमाध्यलाई तत्काल कारबाही गर्न उनले माग समेत गरेका छन्। ढकालले आफ्नो व्यावसायिक कारोबारमाकुनै पनि अपचलन नगरेको दाबी गरेका छन्।
‘मैले आजका मितिसम्म गरेका व्यावसायीक कारोवारमा कुनै पनि अपचलन गरेको ठहरेमा कानुन वमोजिमको सजाय भोग्न समेत तयार छु। तर, मैलेनगरेका नभएका तथ्यहरु प्रकाशन गरेका कारण उक्त अनलाईन मिडियाद्वारा मेरो बारेमा पुग्न गएको क्षतिप्रति मिडीयासँग क्षतिपूर्तिको माग गर्दै सम्बधितनिकायको ध्यानाकृस्ट गराउँदछु। उक्त मिडियाले समाचार प्रकाशन गर्नु पूर्व तथ्यको बारेमा मसँग जानकारी राख्नुपर्ने थियो तर त्यो गरिएन। बिना आधार, बिनाप्रमाण कसैलाई दोषी प्रमाणीत गर्न खोज्नु मिडियाको धर्म हो भन्ने मलाई लाग्दैन, चाहे जे जोसुकै होस सबै कानुनको दायरामा बस्नुपर्ने हुन्छकानुनभन्दा माथि कोही छैनन र हुदैनन। संस्थामा संगठित हुनु र अख्तियारको दुरुप्रयोग फरक विषय वस्तु हुन्।
समाचारमा मलाई अन्तराष्ट्रिय संस्थाकिवाल्जि चिल्ड्रेन फण्डको कागजातको दुरुप्रयोगको आरोप समेत लगाईएको छ त्यो सतप्रतिशत झुट हो’, उनले दिएको उजुरीमा छ ।उनले नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई उद्दारको नाममा फर्जी बिल बनाई विमा कम्पनिबाट आफु र कम्पनीले लाखौँ डलर भुक्तानी लिएकोआरोप सतप्रतिशत झुट भएको उल्लेख गरेका छन् । यससँगै ब्यक्तिगत रुपमा लगाईएको आरोपले आफ्नो मानहानी भएको भन्दै उनले आफु ट्रेकिङएजेन्सीज एशोशियसन नेपालको सचीव भई व्यावसायिक हकहितमा सधै क्रियाशील रहेकोमा मिथ्या र झुट आरोप लगाइएको उल्लेख गरेका छन् ।










