च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

मुख्य समाचार समाचार

नारायणगढ-मुग्लिन सडक खण्डमा बसका सहचालक चिप्लिएर खोलामा बेपत्ता

५ असार २०७९, आइतवार
काठमाडौंबाट धनगढीका लागि हिंडेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक गए राति चितवन नारायणगढ-मुग्लिन सडक खण्डमा चिप्लिएर खोलामा बेपत्ता भएका छन् ।

कैलाली गोदावरीका ३५ वर्षीय सहचालक तेजबहादुर बोहरा राति दुई बजे बसबाट झरेर खाजाका लागि चाउचाउ किन्न गएका बेला सो घटना भएको चितवन प्रहरीले जनाएको छ ।

खहरे खोलामा खसेका बोहराको चप्पल केही तल फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए । बोहराको खोजीका लागि चितवन कुरिनटारमा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयका उद्धारकहरू पनि परिचालन भएका अधिकारीले बताएका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *