मुख्य समाचारराजनितीसमाचार

आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै, के-के गर्न पाइदैन?उल्लङ्घन गरे उम्मेदवारी रद्ददेखि एक लाख जरिबाना

भारत र चीनसँग जोडिएका सीमा नाका तीन दिन बन्द

[mashshare]
काठमाडौँ – स्थानीय तह निर्वाचनअन्तर्गत आज (मंगलबार) रातिदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि आज राति १२ बजेदेखि मतदान हुने दिनको राति १२ बजेसम्म लागू हुनेछ । उम्मेदवारहरूले आज रातिसम्म मात्रै प्रचार र मत माग्न पाउनेछन्। मंगलबार साँझसम्म सबैले आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाउँछन् तर मौन अवधि सुरु भएपछि निर्वाचनको दिनसम्म नै पाइँदैन,’ आयोगले भनेको छ ।

मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाइँदैन । यस्तै, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगका अनुसार मौन अवधिको उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ । मौन अवधि उल्लंघन गरे/नगरेको आयोग स्वयंले अनुगमन गरी कारबाही गर्न सक्नेछ ।

यस्तै आजै मध्यरातदेखि चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । आज राति १२ बजेदेखि मतदान हुने दिन शुक्रबार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ । चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै आजदेखि मदिरा बिक्री वितरणमा पनि कडाइ गरिने भएको छ ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । बैशाख ३० गते सर्वजनिक सवारी र आन्तरिक उडान समेत बन्द हुनेछन् ।

के गर्न पाइँदैन

आचारसंहिताको परिच्छेद खण्ड ७१ को १६ नम्बर उल्लेख भए अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा लेखिएको छ,’ उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् ।’

मौन अवधि सुरु हुनुभन्दा अघि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाइएको हुनुपर्नेछ ।

यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न पाइदैन । उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइदैन । उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न पाइँदैन ।

कुनै पनि उम्मेदवारको लागि राखिएको सामग्री बिक्री वा प्रदर्शन गर्न पाइँदैन । कसैले पनि गराउन हुँदैन ।  उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण पाइँदैन ।

मौन अवधि समयमा पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालना गर्न सचेत गराउनेछ । मौन अवधिको बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे आयोगले उम्मेदवारी रद्द गर्न सक्ने छ ।

एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने छ । यो व्यवस्था स्थानीय निर्वाचन ऐन, २०७८ मा उल्लेख गरेको छ।स्रोत https://ekagaj.com/article/election-local/98676/

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close