मुख्य समाचारसमाचार

युवा नेता नबराज खडकाको प्रतिबद्धाता शैलुङलाइ –‘शिक्षित युवा समृद्ध पालिका बनाइने

रकारद्धारा तोकिएको न्यूनतम १० प्रतिशत निशुल्क छात्रावृत्ति कडाईका साथ लागू गर्ने,

[mashshare]

सागर थपलिया

काठमाडौँ,२१ बैशाख।बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)शैलुङ गाउँपालिका,अध्यक्षको उम्मेद्धार दिएका नबराज खडकाले आफ्नो प्रतिवद्धता जारी गर्दै गाउँपालिका,सबै युवालाई शिक्षित बनाउँदै समृद्ध शैलुङ निर्माणका लागि आफूले पहल गर्ने समेत बताएका छन्।

गाउँपालिकाअध्यक्षका उम्मेद्धार नबराज खडकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि सरकारद्धारा प्राप्त सुविधालाई अधिकतम उपयोग गर्दै प्रतेक वडाभित्रका निजी विद्यालयलाइ प्रोत्साहन स्वरुप सुविधा प्रदान गर्ने समेत बताए।

खडकाले सरकारद्धारा तोकिएको न्यूनतम १० प्रतिशत निशुल्क छात्रावृत्ति कडाईका साथ लागू गर्ने,सामुदायिक तथा नीजि विद्यालयबीच समन्वय गरी पढाईको गुणस्तरमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

भौतिक पूर्वाधार अन्तर्गत गाउँपालिका भित्र खानेपानीको लाइन विस्तार,सडक भत्किएको खाल्डाखुल्डी रहेको अवस्थामा छ । उतम सडक निर्माणका लागी सम्वन्धित निकायसंग समन्वय गरी गुणस्तरीय पिच निर्माण कार्य सम्पन्न गरि शैलुङको जनताको लाइफलाइन मुडे मेलुंग सडकको सुबिधा दिलाउने ।

स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणका लागि पालिकाले कोसेली घर सञ्चालनमा ल्याउने र पालिका कार्यालय परिसरमा नगरका १४ वटै वडामा उत्पादित स्थानीय वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सघाउने उद्देश्यले कोसेली घर निर्माण गरी सञ्चालनमा गर्ने ।

पालिकाभित्र उद्यमशीलता विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइने ‘स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गरी निर्मित तानका कपडा, स्विटर, गरगहना, उपहार, अन्य हस्तकलाका सामग्री कोसेली घरमा राखेने खडकाले भने, ‘स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रचारप्रसार हुनुका साथै बजारीकरणका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने उद्यमशीलताको विकास गर्ने क्रममा खाद्य तथा तरकारी र मासुजन्य उत्पादनलाई व्यवस्थित गर्न उत्पादक र उपभोक्ताबीचमा समन्वयकारी भूमिका खेलेर पालिकाले दुई पक्षलाई जोडिदिने काम गर्ने। उत्पादकले उत्पादन गरेको सामग्री कोसेली घरमा राखेर पालिकाले प्रचारप्रसारसँगै बजारीकरणका लागि काम गरिदिने यसले नयाँ–नयाँ सामग्री उत्पादन गर्न ऊर्जा समेत मिलने बताएको छ ।

उनले आफ्नो कार्यकालमा गाउँपालिका रहेका सामाजिक संघ संस्थाको जग्गा जमिन तथा नगद आम्दानीको व्यवस्थापन मिलाउन विशेष पहल गर्ने, गाउँपालिका भित्र रहेका पूनः निर्माण गर्न बाँकी रहेका सम्पदाहरुको निर्माण कार्य आगामी ५ वर्षभित्र सम्पन्न गर्ने, निर्माण भइसकेका विभिन्न ढुङ्गेधारा, कुवाहरुको उचित मर्मत सम्भार र संरक्षण गर्ने स्थानीय धार्मिक मठ मन्दिरको संरक्षण, सुधार तथा सम्बद्र्धन गर्न।

१२८.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका शैलुङ गाउँपालिका जिल्लाको एक ऐतिहासिक,धार्मिक,साँस्कृतिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका बौद्ध, हिन्दु,धर्मवालम्बीहरुको आस्थाका केन्द्रको रुपमा परिचित शैलुङलाइ पर्यटन प्रवर्द्धन गर्ने र प्रचार प्रसार
गर्ने।

 

सैलुङ्ग गाउपालिका अध्यक्ष उम्मेद्धार खडकाले बालविकास कार्यक्रमअन्तर्गत बालबालिकाको चौतर्फी विकासको लागि विज्ञहरुको राय सल्लाह सुझावको आधारका विभिन्न कार्यक्रम सञ्चालन गर्ने, हरेक टोलमा रहेको सार्वजानिक स्थानमा बालमैत्री खेलकुदस्थल निर्माण गर्ने बताए।

गाउपालिकामा महिला आर्थिक उत्थान कार्यक्रमअन्तर्गत गृहीणी महिलाहरुलाई लक्षित गरी स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, गाउपालिकाबाट सञ्चालन हुने विभिन्न कार्यक्रमहरु विकास निर्माणको लागि गठन गरिने समितिमा ४५ प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरिने भएको छ।

यस्तै, ज्येष्ठ नागरिक कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकको लागि स्वदेशभित्र रहेका धार्मिकस्थलको भ्रमणको व्यवस्थापन मिलाइने, जेष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य उपचार तथा सेवा प्रदान गरिने, गाउपालिका बजार क्षेत्रमा स्वच्छ वातावरण निर्माण गरी फोहोर मैलासम्बन्धी जनचेतना तथा सचेतना कार्यक्रम गरिने बताउनु भएको छ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close