कात्तिक,३ काठमाडौं । काठमाडौं–विराटनगरका सबै उडान रद्ध गरेका छन् । बुद्ध र यती एअरलाइन्सको उडान रद्ध हुँदा यात्रुहरु अहिले समस्यामा परेका छन् ।
भारी वर्षा र बाढीको कारणले गर्दा विराटनगर विमानस्थल जलमग्न अवस्थामा रहेको छ । केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेपछी रनवे, पार्किङ एरिया लगायतका सबै स्थान जलमग्न छन् ।
![]()
बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिसकेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो ।
शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
