देश प्रेमीमुख्य समाचारसमाचार
[mashshare]
१२ औँ राष्ट्रिय जनगणनामा नेपालको संशोधित नक्शा अनुसारका सबै भूभाग समेटिने सम्भावना न्यून

असोज १९, काठमाडौँ। भदौदेखि शुरू भएको १२ औँ राष्ट्रिय जनगणनामा नेपालको संशोधित नक्शा अनुसारका सबै भूभाग समेटिने सम्भावना अनिश्चित भएको छ।
सरकारले भारतसँग कूटनीतिक पहल नगरे लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न ‘नसकिने’ गणना गर्ने निकाय र स्थानीय प्रशासकले जनाएका छन्।
भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गर्ने केन्द्रीय तथ्याङ्क विभागको कार्यतालिका थियो। लिपुलेक, कालापानी र लिम्पियाधुराका घर तथा घरपरिवार सूचीकरण गर्न नसकिएको दार्चुला जिल्ला प्रशासन कार्यालयले बताएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले यथास्थितिमा ती ठाउँमा जनगणनाका काम गर्न नसकिने भने।
खबर स्रोत : बि बि सी नेपाली सेवा।