राजनितीसमाचार

सरकारमा सहभागी हुने मन्त्री छनोट र महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

[mashshare]

असोज ६ , काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

देउवा नेतृत्वमा सरकार बनेको दुई महिना भइसक्दा पनि अझै मन्त्रीपरिषद् विस्तार हुन नसकेको र ढिलाई हुँदा प्रधानमन्त्री देउवाको ओलोचना भैरहेको हुँदा बैठकमा सरकारमा सहभागी हुने मन्त्री छनोटबारे छलफल हुने बताइएको छ ।

साथै मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा काँग्रेस नेता डा नारायण खड्कालाई बनाउने निर्णय भएको छ ।

प्रदेश नं २ का आठ जिल्ला सहित सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन नसकेको हुँदा महाधिवेशनबारे पनि आज को वैठकमा छलफल हुने भएको छ ।

खबर स्रोत : न्युज २४

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close