स्मार्ट लाइसेन्स,सक्कली र नक्कली छुट्याउन नसकदा विकल्प खोज्दै : यातायात व्यवस्था विभाग
स्मार्ट लाइसेन्स,सक्कली र नक्कली छुट्याउन नसकदा विकल्प खोज्दै : यातायात व्यवस्था विभाग

काठमाडौं ५ असोज। स्मार्ट लाइसेन्स कार्यान्वयनमा आएको चार वर्ष नबित्दै खारेज हुने भएको छ। यातायात व्यवस्था विभागले चिप प्रविधिमा आधारित स्मार्ट लाइसेन्सको खोज्न गर्न लागेको हो ।
अहिले वितरण भइरहेको स्मार्ट लाइसेन्स रिड गर्ने मेसिनको अभावमा सक्कली हो वा नक्कली भनेर छुट्याउनै नसक्ने अवस्था सिर्जना भएपछि यातायात व्यवस्था विभागले यसको विकल्प खोज्न थालेको छ ।
‘चिप भएको लाइसेन्स भएपनि सरकारसँग यसलाई रिड गर्ने मेसिन न भएको विभागले जनाएको छ । स्मार्ट लाइसेन्स ठेक्का पाएको कम्पनीले विभिन्न कारण देखाउदै अहिले सम्म ल्याउनै सकेको छैन। हामि सग कुरागर्दै विभागका सूचना प्रविधि महाशाखा प्रमुख तथा वरिष्ठ कम्प्युटर इन्जिनियर पवित्र डंगोलले लाइसेन्स नक्कली हो कि सक्कली छुट्याउन गाह्रो परेको बताउनु भएको छ।
सन् २०१३ मा मद्रास सेक्युरिटी प्रेस प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स र भेहिकल रजिष्ट्रेशन सिष्टमको सफ्टवेयर निर्माणका लागि एकै प्याकेजमा ठेक्का पाएको थियो।
नेपाल सरकारले त्यति महँगो चिप खरिद गरेर वितरण गरेको छ तर हामीले यो प्रविधि भने प्रयोग गर्न सकेनौं। त्यसको के काम भयो र?,’ डंगोलले भने, ‘अहिले हामीले ट्रायल पास गरेकै दिन परीक्षणकालीन लाइसेन्स दिन थालेका छौं। त्यो अल्पकालीन हो। दीर्घकालीन रुपमा नै हामीले त्यस्तै केही विकल्प खोज्न लागेको बताउनु भएको छ ।