देश प्रेमीसमाचारस्वास्थ्य

थपिए १,१४६ कोरोना संक्रमित देशभर, २१ जनाको मृत्यु

[mashshare]

 भदौ २५, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ । ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् भने हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ३५४ जना काठमाडौं उपत्यकाका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २८०, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ४३४ तथा गण्डकी प्रदेशमा १२२ जना संक्रमित थपिएका छन् । यस्तै लुम्बिनीमा ७१, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

साभार अनलाइन खबर 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close