मुख्य समाचारमौसमसमाचार

अविरल वर्षाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

देवदहमा पुल नै भासियो

[mashshare]

भाद्र ११ ,काठमाडौं । अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहको पुल भासिएपछि सडक अवरुद्ध बनेको छ ।

पुल भासिएपछि भैरहवा–परासी हुँदै सवारी साधन आवागमन गराइएको प्रहरीले जनाएको छ । तेस्तै पूर्व–पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध छ ।

गएराती बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । डाइभर्सन पूर्ण रूपमा क्षति भएको र निरन्तरको झरीले मर्मत गर्न कठिनाइ भएको छ ।

दाउन्नेमा पनि ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको भने नवलपुरको गैँडाकोट, थुम्सी, भेडाबारीमा पनि बाढीले डाइभर्सन बगाएको छ ।

नारायणगढ–मुग्लिङ सडकखण्ड पनि गएरातीदेखि अवरुद्ध रहेको छ ।

सेती दोभान र पाँचकिलोमा हिजो राती खसेको पहिरो सडक अवरुद्ध भएको र विहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त सडकको पछिल्लो जानकारी लिएर मात्रै यात्रामा निस्कन पनि सर्वसाधारण र सवारी चालकहरुलाई आग्रह गरेको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close