
भाद्र ८ , काठमाडौं । माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समय तोकेको छ ।
दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्ने राजनीतिक दल सम्बन्धी अध्यादेशमा व्यवस्था छ । बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्म स–शरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिनुभएको छ । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २ सय ३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्याउनुपर्छ ।
नेकपा एकीकृत समाजवादीले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरूको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।