एमाले (समाजवादी) नाम नेकपा एमाले सँग र जसपा (लोकतान्त्रिक) मिल्दोजुल्दो ,
एमाले (समाजवादी) नाम नेकपा एमाले सँग र जसपा (लोकतान्त्रिक) मिल्दोजुल्दो ,

भदौ ३, काठमाडौं । नेकपा एमालेबाट छुट्टिएका माधव कुमार नेपाल र जसपाबाट छुट्टिएका महन्थ ठाकुरको नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर, निर्वाचन आयोगका अनुुसार राजनीतिक दलसम्बन्धि नियमावली संशोधन भएर राजपत्रमा प्रकाशित भएपछि मात्रै दल दर्ताको प्रक्रिया प्रारम्भ हुनेबताएको छ ।
साथै, निर्वाचन आयोगले नियमावली संसोधन प्रक्रिया सुरु भईसकेको र यथासक्य चाँडै नियमावली संशोधन गरेर राजपत्रमा प्रकाशित भएपछि दुबै दल दर्ताको प्रक्रिया थालिने छ ।यो प्रक्रिया सुरु भएको ३५ दिनभित्र दल दर्ता गर्नुपर्छ । नियमावली बनिसकेपछि फेरी अर्को निबेदन मार्फत दुवै दल दर्ता प्रक्रियामा जानु पर्ने देखिएको छ
पहिले दर्ता भइसकेको पार्टीको नाम र चिह्नसँग मिल्दोजुल्दो नाम र चिह्न राख्न नमिल्ने भएकाले प्रस्तावित दुवै दलले मागे जस्तो नाम र चिह्न पाउने कुरा पनि अन्योल बनेको छ। दुवै नया दर्ता माग्या पार्टीको नाम मिल्दोजुल्दो छ। एमाले समाजवादीले माग गरेको चुनाव चिन्हको अर्को दलले दाबी गरिसकेको पाइएको छ ।