भदौ २ काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले हठात् संसद् अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेश ल्याइनु गलत भएको आफ्नो सामाजिक संजालमा प्रतिक्रिया दिनुभएको छ।बुधबार बिहान सामाजिक सञ्जालमार्फत थापाले यसअघि तत्कालीन केपी ओली सरकारले ल्याउदा गलत भनेर विरुद्धमा उभिएका कसैलाई पनि आज समर्थन गर्ने हक नभएको टीप्पणी समेत गर्नु भएको छ ।अहिले अध्यादेशको समर्थन गर्ने भए त्यति बेला हामीले गरेको विरोधको माफी माग्नुपर्ने उहाले बताउनु भएको छ।

‘संसद् अधिवेशन हठात् अन्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत! हिजो गलत,आज गलत,सधैं गलत,’ उनले लेखेका छन् ‘जसले गरे पनि गलत
हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’
सोमबार हठात् संसद् अधिवेशन अन्त्य गरेर मंगलबार सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ । जारी भने भइसकेको छैन ।
