काठमाडौं,१ भदौ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाएर दल विभाजनका लागि सजिलो हुने प्राबधानसहितको अध्यादेश ल्याउने निर्णय गराउनुभएका प्रधानमन्त्री देउवा बैठक सकेर लगत्तै राष्ट्रपतिलाई भेटघाट गर्नुभएको छ ।
सरकारले केन्द्रीय सदस्य वा सांसदको समर्थन २० प्रतिशत भए दल विभाजन गर्न पाउने व्यवस्थामा अध्यादेश ल्याउने निर्णय गरेको छ ।
अध्यादेश प्रमाणीकरणका लागि सरकारले मन्त्रिपरिषद बैठक बाट पारित गरेर उक्त निर्णय राष्ट्रपति कार्यालयमा पठाएर प्रधानमन्त्री देउवा
राष्ट्रपतिलाई भेट्न शितलनिवास जानुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजनको मुखमा नेता माधव नेपाललाई दल विभाजन गर्न सजिलो होस् भनेर देउवा सरकारले अध्यादेश ल्याएको हो ।
नेपालसहितका एमालेको नेताहरुको समर्थनमा शेर बहादुर देउवा प्रधानमन्त्री हुनु भएको हो ।
