काठमाडौं ३२ साउन – आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि भब्य रुपमा मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन पनि गरिन्छ।यस वर्ष पनि कोरोना महामारीका कारण धेरै जस्तो शिवालयलमा भिडभाड देखिदैन तर आ -आफ्नो शिवालयलमा भने भिडभाड देखिन्छ । अधिकांश मन्दिरहरु बन्द हुँदा श्रद्धालु भक्तजनले घर-घरमै पूजा गरी मनाउँदैछन् ।
तर आजका दिन विगतका वर्षमा शिवालयहरुमा श्रद्धालु भक्तजनको भिडम भीड लाग्ने गर्थ्यो ।साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।
साउन सोमबार काठमाडौंको पशुपति मन्दिर, भक्तपुरको डोलेश्वर मन्दिर , ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी,मन्दिर सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवाको मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको भएपनि यसवर्ष कोरोनाका कारण मन्दिहरुमा भक्तजनहरुको उल्लेख्य सहभागिता छैन ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार भब्य पूजा गर्ने गरिन्छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको लिइन्छ।
साउन महिनाको सोमबार शिबलिङ्ग पूजनले झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु आफ्नो पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना पुजा गर्दछन् ।
साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने विभिन्न आकारमा मेहन्दी पनि लगाउने गर्दछन् ।
