मंसिर १६,
खाडीचौर–चरिकोट सडक विस्तारको काम ढिलासुस्ती गरेको भन्दै दोलखाबासीले सुरु गरेको आन्दोलनलाई जारी राख्दै आज आन्दोलन अन्र्तगत ठेकेदारविरुद्ध शंख फुकेर विरोध गरेका छन् ।
यस अघि दोलखाको ‘लाईफलाईन’ खाडीचौर–चरिकोट सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका मालिकको फोटो गाडीमा टालेर सांकेतिक विरोध सुरु गरेका दोलखाबासीले त्यसयता चरिकोटमा मानव साङलो र सिठ्ठी जुलुस निकालेका थिए । त्यसैलाई निरन्तर दिदै आज पनि दोलखाबासीले शंख फुकेर विरोध गरेका हुन् ।
विकास निर्माणमा राज्य र निर्माण व्यवसायीको लापरवाहीका कारण नागरिकले सास्ती व्यहोर्नुपरेपछि जिल्लाबासी सडक संघर्षमा आउन बाध्य भएको स्थानीयहरुको भनाई छ । पानी परेका बेला सडक घण्टौं फस्ने र हिउँदमा धुलोको कारण जनजिवन प्रभावीत भएको जनाइएको छ । ठेक्का लागेको ५ बर्ष वितिसक्दा पनि खाडीचौरदेखि चरिकोटसम्मको सडक अहिलेसम्म निर्माण हुन सकेको छैन । निर्माण व्यवसायीको चरम लापरबाही र सरकारकै मिलेमतोले याहँका स्थानीयले जोखिमपूर्ण यात्रा र सास्ती खेप्नु पर्ने बाध्यता रहेको छ ।
