२१ साउन, काठमाडौं ।लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएर राखेको बताउनु भएको छ। प्रदेश सभा सदस्य विमला वलीले बिहिबार पत्रकार सम्मेलन गरेर प्रेस विज्ञप्तिमा यहि साउनको १५ गतेदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा आफुलाई बन्धक बनाएर राखेको उल्लेख गरेर सार्वजनिक गर्नु भएको छ ।
उहाँले त्यसबिचमा एमालेमा फर्किए भनेर जवरजस्ती हस्ताक्षर गराएर १९ गते विज्ञप्ती जारी गराएको बताउनु भयो । एमाले र माओवादीको एकता पछि बनेको नेकपाबाट उम्मेदवार बनेकी वली दाङ्बाट उपनिर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो भने सर्बोच्चले एमाले र माओवादी केन्द्र व्यूत्याईदिएपछि सांसद वलीले माओवादी केन्द्र रोज्नु भएको थियो ।
साउनको १५ गते नेकपा एमालेका प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको बताउँदै उहाँले आफूलाई एमालेमा आउन दबाव दिएको भएपनि आफूले ईन्कार गरेको समेत बताउनु भयो ।

आफू बिमारी भएर उपचार गर्नको लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले आफूहरु पनि नेपालगञ्ज नै जान लागेको र संगै जाऔं भनेपछि विश्वास गरेर गाडीमा बसेको तर अमिलिया आएपछि नेपालगञ्जतिर जानेपर्नेमा बुटवलतिर गाडी मोडिएपछि आफूले बारम्बार प्रतिवाद गरेपनि गाडी नरोकि मुख्यमन्त्री निवास पुर्याउनु भएको बताउनु भयो ।
मुख्यमन्त्रीको निवासमा पुर्यए पछि मुख्यमन्त्री पोखरेलले आफूलाई एमालेमा आएर मन्त्री बन्न प्रलोभन देखाएको समेत सांसद ओलीले आरोप लगाउनु भएको छ । आफूले निरन्तर ईन्कार गरेपनि १८ गतेसम्म मुख्यमन्त्रीको निवासबाट बाहिर निस्कनै नदिएर आफूलाई मानसिक रुपमा दवाव दिईरहेको बताउनु भयो ।
उहाँले आफूलाई दवावमा पारेर विज्ञप्तीमा हस्ताक्षर गराएको र अरु केही माईन्यूटहरुमा समेत हस्ताक्षर गरराएको बताउनु भएको छ । तर कुन माईन्युट हो आफूलाई थाहा नभएको बताउनु भयो । उहाँले आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसंग राखेको समेत बताउनु भएको छ।
त्यसपछि पनि झन कडाईका साथ निवास भित्रै राखिएको बताउँदै उहाँले २० गते मात्रै आफू त्यहाबाट भाग्न सफल भएको बताउनु भयो । २० गते मध्यान्हतिर अरु सबै आराम गरिरहेका बेला शौचालयको चप्पल लगाएर आफू त्यहाबाट भागेको बताउँदै उहाँले त्यहाबाट माओवादी केन्द्रको संसदीय दलमा पुगेको बताउनु भयो । आफ्नो चप्पल लगाउँदा आवाज आउने डरले शौचालयको चप्पल लगाएरभागेको बताउनु भयो ।

