साउन १९ काठमाडौँ।
मोरङ जिल्ला निर्वाचित सचिवका रुपमा कार्यरत रहदै आउनु भएको मा अबको पार्टी अधिबेशन मा जिल्ला सहपति / उपसहपति मध्ये एकमा हुनुपर्ने भन्दै कार्यकर्ताले आवाज उठाउन थालेपछि नागेश कोइरालाको नेपाली कांग्रेस मोरङको उपसभापतिमा चर्चा सुरु भएको छ। उच्चा नेता निकट रहनु भएका कोइराला गत चुनाबमा भारि मतकासाथ सचिबमा निर्वाचित हुनुभएको थियो। तरुण दल मोरङको सभापति हुँदा युवा माज लोकप्रियता कमाएका कोइरालाले तरुण दललाइ मजबुद बनाएका थिए । कुनै समयमा कोइराला पार्टीको कोषध्यक्षसमेत भइसकेका छन्।

सचिव भैसकेका कोइरालाको अब को चुनाबमा स्वाभाविक रुपमा कि त सहपति कि त उप-सहपतिमा दबिरहने छ। उहाको भनाइ अनुसार “राजनीतिलाई सेवाका रुपमा स्थापित गर्ने” र अहिले आकांक्षा मात्रै राखेकाले नेता र कार्यकर्ताले सभापति र उपसभापतिमा जुन पदमा भन्छन् त्यसैमा जाने उद्घोष छ। विभिन्न सामाजिक संघसंस्था नेतृत्व गरिसकेका कोइराला पुराना र नयाँ पुस्तामाझ लोकप्रिय नेता हुन्। गुट र समूहको विश्वास नगर्ने कोइराला अधिवेशनमा प्रतिस्पर्धा भए पनि अन्य समयमा कांग्रेस एकढिक्का हुनुपर्ने बताउनु हुन्छ।
कोइरालाको उपसभापतिको दाबी सचिवमा रहँदा खेलेका भूमिका आधारमा उपर्युक्त भएको कार्यकर्ताहरुको टिप्पणी छ। कांग्रेस महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । तर, कार्यसिल विवादका कारण महाधिवेशन अझै अनिश्चित छ ।
