८ साउन ।भरतपुर, नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या गरेको आरोपमा उनकै साथी एक जना पक्राउ परेका छन् ।चितवनमा भएको एक सैनिकको हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परकेा छन्
महेन्द्र दल गण टोखामा कार्यरत धादिङको निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय गुरुङको बिहीबार चितवनको भरतपुर महानगरपालिका–१७ सिमलडाँडामा शव फेला परेको थियो । गुरुङको टाउकोमा गोली लागेको थियो भने घटनास्थलमा गोलीको खोका समेत फेला परेको थियो ।
हत्याको अनुसन्धानका क्रममा प्रहरीले बिहिबार नै एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट हतियार समेत बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस विषयमा चितवन प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ।
