च्छोरोल्पा खबर- ३१ असार, काठमाडौं ।बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनु भएको छ । उहाँका अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस्थामा आज शव फेला परेको बताउनु भएको छ ।
बुधबार दिउँसो १२ बजे बागलुङको कुभिन्डो भन्ने ठाउँमा घाँस काट्न भनेर गएको र बेलुकासम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । खोजतलासका क्रममा उहाँ मृतावस्थामा फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ। शव परीक्षणका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ ।
