२०७८ असार २० गते (आइतबार)-मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुस
मौसम विश्लेषण (Meteorological Analysis)
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा (monsoon trough) रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ भने तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको पनि संभावना रहेको छ।
copy-नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति:२०७८–०३–२० विहान ६:०० बजे)
