मुख्य समाचारविश्वसमाचारस्वास्थ्य

आज विश्व योग दिवस, नेपालमा विविधि कार्यक्रम गरी मनाइदै

आज विश्व योग दिवस, नेपालमा विविधि कार्यक्रम गरी मनाइदै

[mashshare]

काठमाडौं, ७ असार  । आज देशभर विविध कार्यक्रम गरी चौँथो अन्तर्राष्ट्रिय योग दिवस मनाइदैछ ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गर्नुभएको थियो।

प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गर्नुभएको थियो । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योग दिवसका अवसरमा विभिन्न संघ संस्थाले बिहीबार विविध कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतको सकारात्मक गुणको विकास हुन्छ ।

सभामुख कृष्णबहादुर महराको उपस्थितिमा बिहीबार बिहान छ बजे नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा योग शिविर संचालन गरिने छ । कार्यक्रममा मन्त्री लगायत विशिष्ट सरकारी अधिकारीको पनि उपस्थिति रहने आयोजक पतञ्जलि योग पीठले जनाएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुवेद विभागको आयोजनामा बिहान छ बजे स्वास्थ्य सेवा विभाग टेकुबाट र्याली शुरु गरिने आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले जानकारी दिनुभयो ।

र्यालीमा विद्यार्थी, कर्मचारी, सर्वसाधारण लगायतको सहभागिता रहने छ । मन्त्रालयमा आएपछि योग अभ्यास सहितको विशेष कार्यक्रमको आयोजना गरिने जनाइएको छ । कार्यक्रमलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सम्बोधन गर्नुहुनेछ ।

योग दिवस मूल आयोजक समितिका तर्फबाट शिक्षा मन्त्रालयले दिउँसो साढे एक बजे प्रज्ञा प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालय योग विभाग प्रमुख डा. हरिप्रसाद पोखरेल, आचार्य पथिक, सोनाम साथी र स्वामी आनन्द अरुणले प्रवचन दिनुहुने मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । कार्यक्रम कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुनेछ ।

नेपालको अमूल्य निधिका रुपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडिवुटीको विकास एवम् विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वथ्य, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भुमिमै भएको विश्वास गरिन्छ । भगवान् शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय वर्णन पाइन्छ ।

शिव र पार्वतीबीचको संवादलाई प्रचारप्र्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भएपनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनर्जागरण भएको छ । -राससABC NEWS NEPAL | No.1 News channel of Nepal-साभार गरिएको

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close