मुख्य समाचारसमाचारसमाज

द बर्गर हाउस एन्ड क्रान्ची फ्राइद्वारा हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान,

द बर्गर हाउस एन्ड क्रान्ची फ्राइद्वारा हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान,

[mashshare]

६ असार, काठमाडौं । द बर्गर हाउस एन्ड क्रान्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ। बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव भएकालाई खाद्य सामग्री प्रदान गरेका हुन् ।

हेलम्बु जाने बाटो पहिरोले बगाएपछि त्यहाँ बाढीले क्षतिग्रस्त स्थानका परिवारहरू केही दिनदेखि राहत नपुगेको खबर पाएपछि राहत सामग्रीसहित गएको बर्गर हाउसका संस्थापक वसन्त लामाले जानकारी दिनुभयो  ।

संस्थापक लामाले दिएको जानकारी अनुसार १ सय बोरा चामल‚ तेल‚ चाउचाउ‚ साबुन‚ त्रिपाल‚ जिरा स्पाइस‚ चिल्ली स्पाइस‚ टरमिक स्पाइस लगायतका सामग्री प्रदान गरेका हुन् ।

लामाका अनुसार करिब बर्गर हाउसबाट २ लाख २४ हजार ६०८ र सर्लाहीका अभियन्ता सन्जीव मोक्तानबाट २ लाख ७१ हजार ६९० गरी ५ लाख ३४ हजार ३०८ रुपैयाँ बराबरको सामग्री प्रदान गर्नु भएको छ।

यसअघि पनि बर्गर हाउसले करिब १२ लाखको राहत मेलम्चीका बाढी पीडितलाई प्रदान गरेको थियो । हाउसका संस्थापक वसन्त लामले भने,‘यो पीडा थाहा पाउने बित्तिकै राहतका लागि हामी तयार भयौँ, अहिले उनीहरूलाई अभाव रहेको रासनपानी व्यवस्था गरेका छौँ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close