समाचार

राप्रपा नेपाल र जनताको पार्टी नेपालबीच एकता हुने

[mashshare]

काठमाडौं । राप्रपा नेपाल र जनताको पार्टी नेपालबीच एकता हुने भएको छ । यी दुवै पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले केही दिनमै एकता हुने जनाए । ‘कोरोनाको दर अलिकति घटेर वातावरण सहज हुनेबित्तिकै पार्टी एकता हुन्छ लगभग सबै तयारी पूरा भइसकेको छ’ उनले भने ‘अहिले हामी दुईवटा पार्टी मिल्ने हो त्यसपछि हामीसँग विचार र सिद्धान्त मिल्ने अन्य दललाई पनि एकतामा ल्याउँछौं ।’

राप्रपा नेपाल फरक सिद्धान्त लिएर राजनीतिमा अघि बढेको छ । उसले कोरोनाको यो संकटमा आफ्नो तर्फबाट झण्डै ३ हजार जनालाई उपत्यकाका विभिन्न ठाउँमा पुगेर खाना वितरण गरेको थियो ।जनताको पार्टी नेपालका अध्यक्ष घनश्याम भण्डारी र प्रवक्ता श्यामबहादुर सापकोटाले एक विज्ञप्ती प्रकाशित गरी देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता जोगाइराख्नका लागि देशभक्त प्रजातान्त्रिक शक्तिहरु एकता एकीकरण र चलायमान हुनुको विकल्प नभएकोले राप्रपा नेपालसँग एकता गर्न लागेको जनाएको छ । जनताको पार्टी नेपालले सत्य, अहिंसा, त्याग, शान्ति, प्रजातन्त्र र विकास, अनुशासित प्रजातन्त्र संवैधानिक राजतन्त्रबाटै समृद्धिशाली बन्छ नेपाल’ भन्ने मूल नारालाई आत्मसात गरेको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close