मुख्य समाचारसमाचार

दोलखाको सैलुङमा जनप्रतिनिधिको मिलेमतोमा एम्बुलेन्स गायब,

दोलखाको सैलुङमा जनप्रतिनिधिको मिलेमतोमा एम्बुलेन्स गायब,

[mashshare]

मनोज जंग कार्की

 जेठ, ५ काठमाडौं । विरामीहरु निशुल्क सेवा दिन भन्दै कर छुट र विभिन्न दातृ निकायको सहयोगमा भित्रने गरेको एम्बुलेन्सहरुले विरामीहरुको सेवा त परै जाओस महंगो शुल्क लिएर ठगी गर्दै आएका प्रशस्त प्रमाणहरु भेटिन थालेका छन् । अहिलेको यो बिषम परिस्थितीमा अधिकांश एम्बुलेन्सहरु ट्याक्सीको भन्दा महंगो शुल्क उठाउन अग्रसर देखियका छन !

यस्तै निशुल्क रुपमा विरामीको सेवा दिनका लागि भन्सार सहुलियतमा भित्र्याएको एक एम्बुलेन्सबाट सेवा लिन त परै जावस यस्को फोटो सम्म देख्न पायका छैनन दोलखा सैलुङका जनताले !

एम्बुलेन्स भित्र्याएको करिब ४ वर्ष भएतापनि सो एम्बुलेन्सले विरामी गाउँलेको सेवा नगरेर अन्यत्रका स्थानमा व्यापार गर्न तल्लिन रहेको भन्दै स्थानियहरुले बिरोध गरेपछी केही बर्ष अघी आक्रोशित जनताको अगाडी लाज राख्न तत्कालीन नेकपाका स्थानिय नेता (सैलुङ गाउँपालिका ८ अध्यक्ष )मोहन तामाङको सक्रियतामा उक्त एम्बुलेन्स गाउमा फर्कायर लगियको थियो तर अहिले यो एम्बुलेन्स कहाँ छ अत्तो पत्तो छैन !पटक पटक बिरोध गर्दै आउनु भएको मोहन तामाङ दुखि हुदै सामाजिक संजालमा लेख्नु हुन्छ।

प्रताप शिं स्मृती प्रतिस्ठानले ४ बर्षदेखि संचालन गरेको ज १ च १५१४ नम्बरको उक्त एम्बुलेन्सले कति कमायो र कति खर्च गरेको छ यसको कुनै हिसाब पनि प्रतिष्ठानसंग छैन !
स्थानीयहरुको सेवामा भन्दै संस्थाको नाम भजाएर अन्यत्र संचालित एम्बुलेन्सको यो कालो धन्दामा प्रतिष्ठानका अध्यक्ष भिम प्रसाद उप्रेती र शैलुङ्ग गाउ पालिका ८ का ठालु तामाङ्गको प्रत्यक्ष संलग्नता रहदै आएको देखियको छ ।

संस्थाले सो एम्बुलेन्सबाट हुने खर्च र आम्दानीको फाँडवारी गरेको रेकर्ड नभएपछि त्यतिबेला इस्थानिय जनप्रतिनिधि इस्थानिय प्रहरी चौकी भैसेडाडाको रोबरमा हिसाब बुझाउने सर्तमा छाडियको थियो। तर कुनै प्रकारको हिसाब वा जानकारी स्थानिय सरकारलाई नदिकन अहिलेसम्म मनोमानिल्यमा चलेको एम्बुलेन्स अहिले न स्थानिय सरकारको जनप्रतिनिधिलाई जानकारी छ,न प्रशासनलाई !

कोभिडको १९ को महामारिमा कुनै स्थानिय बासिन्दाले यसको सहयोग लिनु त के,कहाँ छ भन्ने सुईको समेत नभयको स्थानिय बुद्दिजिबी,समाजसेवी तथा सर्बसाधारणहरुको गुनासो छ !

एम्बुलेन्स जस्तो अति महत्त्वपूर्ण र सबेदनशील बिषयमा चलखेल गरी स्थानियको स्वास्थ्य माथि खेलवाड हुनु आफैमा घिर्णित रलज्जास्पद कार्य भएको नेता मोहन तामाङले च्छोरोल्पा अनलाइन खबरलाई बताएका छन् भने प्रतिष्ठानका अध्यक्ष उप्रेतीलाई यस बिषयमा प्रतिकृयाका लागि सम्पर्क गर्दा उहाको मोबाइलमा सम्पर्क हुन सकेन् ।

स्थानिय प्रतिनिधि शैलुङ्ग गाउ पालिका ८ का अध्यक्ष रामेस्वर उप्रेतीले पनि आफुलाई यो बिषयमा थाहानै नदिएको बतायर पन्छिने काम गरेको छन ! तर पत्रकारको फोन आयपछी प्रतिस्ठानका एक ब्यक्तिले भने अब ल्याउने तयारी भैरहेको भन्दै टारेका छन !
अघिल्लो बर्ष असार ११ गते देखि शैलुङ्गका स्थानियलाई सेवा गर्नका निमित्त पुन शैलुङ गाउपालिका ८ मा फिर्ता लगियको एम्बुलेन्स अहिले गाउमा हैन सहरमा नै कुदिरहेको छ ।

राजनीति र सेवाको नाउमा कमाउ धन्दामा मौलाईरहेको यस्तो घिनौना कार्य रोक्न र जनताले पाउने सेवा सुबिधा सहजै प्राप्त गर्न कस्को भूमिका के हुने हो भन्नेमा समेत अहिले सैलुङका जनता अलमलमा छन !निरन्तर अप्डेटकोको लागि च्छोरोल्पा खबर लागिरहने छ।

Tags

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close