मुख्य समाचारसमाचार

प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसारपसार गर्ने१ जना सशस्त्र प्रहरी द्वारा पक्राउ

प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसारपसार गर्ने१ जना सशस्त्र प्रहरी द्वारा पक्राउ

[mashshare]

कञ्चनपुर | कञ्चनपुरमा लागु औषधसहित १ जना पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाउँपालिकाबाट सशस्त्र प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोस्ट भुडा र झिलमिलाबाट खटिएको संयुक्त पैदल सीमा गस्ती टोलीले बेलडाँडी गाउँपालिका वडा नम्बर ०३ वैवाहबाट “प्रेस” लेखेको ज्याकेट लगाएका कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका वडा नम्बर ०४ बस्ने २५ वर्षीय नरेश प्रसाद जोशीलाई पक्राउ गरेको हो ।

शनिवार दिउँसो भारतीय नागरिकबाट केही लिएको शङ्का लागि चेकजाँच गर्ने क्रममा जोशीको साथबाट अन्दाजी ७ ग्राम खैरो हिरोइन नामक लागु औषध, २ थान मोबाइल, १ थान क्यामेरा, ५ थान बैँक चेक, १ थान एटिएम कार्ड, १ थान सुदूर खबरको परिचय पत्र, १ थान प्रेस पास र मोटरसाइकलको ब्लु बुक समेत बरामद गरिएको छ ।

बरामद गरिएका सरसामान र पक्राउ परेका जोशीलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close