खेलकुदमुख्य समाचारसमाचार

नेपालले उचाल्यो त्रिकोणात्मक टी-२० सिरिजको उपाधि

नेपालले उचाल्यो त्रिकोणात्मक टी-२० सिरिजको उपाधि

[mashshare]

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार टियू मैदानमा भएको खेल  नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै उपाधि जित्न सफल भएको हो ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलेले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सफल भएको थियो ।

टस हारेर ब्याटिङ गरेको नेपालले दुई कुशलको सानदार ब्याटिङले विजयको बाटो देखाएको थियो । कुशल भुर्तेल र कुशल मल्लले खेलमा सानदार प्रस्तुती दिलाएका थिए ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको अहिलेसम्मकै यो उच्च स्कोर हो । यसअघि नेपालले सन् २०१९ मा १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाउन सफल भएका थिए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।

कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके ।

कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोड्न सफल भए ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close