नेपालमा सफल ब्यबसायीको परिचय स्थापना गर्न निकै कठिन छ । तर आफ्नो सिप र क्षमताको उच्चतम प्रयोगले केहि मानिसहरु सफल पनि भैरहेका छन । यसको ज्वलन्त उदाहरण हुन साङ्ग डोमा शेर्पा । भारतको एक बिशेष अवार्ड कार्यक्रममा शेर्पालाई बेष्ट ओमन ईन्टरप्रेनर अवार्ड प्रदान गरिएको छ । ईन्जीनीयरिङको क्षेत्रमा काम गरिरहेकी शेर्पाले आफु मात्र नभई समाजमा पनि रोजगारी प्रदान गरेको तथ्यमा रहेर अवार्डले सम्मान गरिएको हो ।https://www.youtube.com/watch?v=zopqKiqMalg
स्पिड मिडीया ईन्टरटेनमेन्टले गत २६ अक्टोबर २०१९ का दिन भारतको नयाँ दिल्ली स्थित वाई डब्लु सि ए सिपीमा ईन्डिया ईनर्जी ट्यालेन्ट अवार्ड भब्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा राज्य मन्त्री रामदास आठवले प्रमुख अतिथी भई राख्दा बिदेशी तथा भारती अतिथीहरुको बाक्लो उपस्थिती रहेको थियो । अवार्ड कार्यक्रमले करिब ६ अन्तराष्ट्रिय देशहरु बिच आपसी सम्बन्ध प्रगाड बनाएको र यसले निरन्तरता पाईरहने कार्यक्रम प्रमुख प्रिया मगरातीले बताएकी छिन । ईन्डिया ईनर्जी ट्यालेन्ट अवार्ड २५ बिधामा बितरण गरिएको थियो । कार्यक्रममा नेपाल, अमेरिका, भुटान, अफ्रिका, स्पेन, जर्मनी र भारत सहित गरी ७८ प्रतिभाहरुको सम्मान गरिएको थियो ।
