२५ चैत डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति अमन कुमार देव को निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको रिभेन्ज मुविको पहिलो पोस्टर सार्बजनिक गरिएकोछ । पोस्टर मुविको छवि उजागर गरेकोछ।
रिभेन्ज मुविमा खगेन्द्र घिमिरे ,रोशन बिसि, विशाल अग्रवाल , रविन श्री, प्रीतिका शर्मा, रेनु थापा , माया चाहर, पदम सुनार, आर जे भिलेन को मुख्य अभिनय रहेको छ भने कृष्ण पाण्डे को छायांकन ,राजन महर्जन को नृत्य देव महर्जन को द्वन्द सानू सबिक को ड्रोन बिश्वास भण्डारी को सम्पादन रहेको छ भने गीत शंकर अधिकारी घायल ,सुभाष गौतम ,इन्द्र श्रेष्ठ सरित, को संगीत ,सि एल शर्मा, शंकर अधिकारी घायल ,राजु लामा र पुर्ण सापकोटा को रहेको छ भने स्वर नित्याशिवा, दिपक लिम्बू पुर्ण सापकोटा , दिलु श्रेष्ठ को रहेको छ रिभेन्ज मुविको पार्स्वा संगीत राजेन्द्र बजगाइ को रहनेछ रिभेन्ज मुविको डिजिटल पार्टनर ओएस आर डिजिटल रहेको छ भने कोरोनाको कहर नरहे आगामी असारमा रिलिज गर्ने तयारी रहेकोछ।

