चैत २१ -कैलालीमा तरकारीका लागि भन्दै निउरो टिप्न गएका एक बृद्धले हात्तिको आक्रमणमा परि ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा जिल्लाको जानकी गाउँपालिका–६ का ६० वर्षीय मन्सराम डगौरा रहेका छन ।
शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जनाएको छ । प्रहरीले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ |चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
