चैत्र २१ गते (शनिबार)-जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
(जारी मिति २०७७–१२-२१ बिहान ६:०० बजे)
हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
देशको पहाडी भु-भागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको छ ।
दिउसो: प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
