हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।
देशको पहाडी भु-भागहरुमा आंशिक देखी सामान्य बदलिको अवस्था रहेको छ भने बांकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
नेपाल सरकार ऊर्जा,
जलस्रोत तथा सिंचाई मन्त्रालयजल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
चैत्र १७ गते (मंगलबार)
(जारी मिति २०७७–१२-१७ बिहान ६:०० बजे)
प्रेस विज्ञप्ति
यस वर्ष नेपालमा पोष्ट-मनसुन सिजनमा अधिकांश स्थानमा सरदर भन्दा धेरै कम वर्षा भएको, गएको हिउँदमा पनि अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा भएको, ततपश्चात यस मनसुनपूर्व (Pre-monsoon) को आजको दिनसम्म पनि ज्यादै न्यून वर्षा भै वायुमण्डल सुख्खा भइरहेको अवस्थामा जलवायु प्रारुपहरु (Climate Model) ले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदर भन्दा बढि हुन सक्ने सम्भावना ६०-८०% रहेको तथा सरदर भन्दा कम वर्षा हुने सम्भावना ४०-६०% रहेको छ

