चैत, १५ काठमाडौं । होली खेलेर सवारीसाधन चलाउँदा दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा आज दिउसो कडाइ गरेको थियो। आइतबार अपरान्ह ४ बजेसम्ममा एक हजार १ सय ७३ वटा मोटरसाइकल तथा सवारीसाधनलाइ कारबाही गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईका जानकारी दिए अनुसार ४ सय ५८ वटा सवारीसाधनलाई अझै होल्डमै राखिएको र ‘उनीहरुलाई पनि भरेसम्ममा स्क्रिनिङ गरेर कारबाही गर्छौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भट्टराईले भनुभयो ‘मादक पदार्थ सेवन गरेर कुदाउने ३१ जनाविरुद्ध कारबाही गरिसकेको बताउनु भएको छ ।’
फागु होली पर्व मर्यादित बनाउन चेकजाँचमा कडाइ गरिएको उहाले बताउनु भएको छ । उहाको अनुसार आइतबार हालसम्म उपत्यका भित्रमा कुनै तेस्तो ठूलो दुर्घटना पनि भएको छैन । ट्राफिक प्रहरीले उपत्यकाभर ९० वटा चेक पोइन्ट राखेर चेकजाँच गरिरहेको छ भने ७ सय बढी ट्राफिक प्रहरीलाइ परिचालित गरेको छ ।
