मुख्य समाचारराजनितीसमाचार
[mashshare]
कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण
कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

सुनिता खडका
कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका निम्ति सानेपा ललितपुर राखिएको छ। उनको शव यात्रासहित कांग्रेस केन्द्रीय कार्यालय,सानेपा पुर्याएर श्रद्धाञ्जली कार्यक्रम राखिएको जानकारी दिइएको छन ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुका ८ :२४ मा निधन भएको थियो ।मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको हो।
जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो। उपचारमा अस्पतालका डाक्टर राजिब झा नेतृत्वको टोली सक्रिय थियो।
नेता नवीन्द्रराजजोशीका श्रीमती र एक छोरी छन्।