
काठमाडौँ– कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज (शुक्रबार) निधन भएको छ।मष्तिष्कघात भइ नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ ८ः३० बजे निधन भएको हो।
मष्तिष्कघातपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो। उहालाई भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो। शुक्रबार बिहानदेखि उनको मुटुले काम गर्न छाडेको थियो।
उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले अन्लाइन खबरलाई बताउनु भएको छ ।