काठमाडौं । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न आज ३ बजे संसदीय दलको बैठकमा नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूह सहभागी भएको छन्।
नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको स्रोतले बतायो। लामो समयदेखि विवादमा मुछिएका ओली-नेपाल समूह अन्तत: एक हुने संकेत देखिएको छ।
नेकपा विभाजन भएपछि ओलीलाई छाडेर नेपाल समूह प्रचण्डतिर लागेका थिए। तर प्रचण्ड-नेपाल समूहले आ-आफ्नो पार्टीमा फर्किने निर्णय गरेपछि नेपाल समूह एमालेमा फर्किएका थिए ।
