मनोज जंग कार्की

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य र सांसदहरुलाई बालुवाटारमा चीयापान कार्यक्रम आयोजना गरी डाकनु भएको थियो । चीयापानमा ओली पक्षीय केन्द्रीय सदस्य र सांसदहरु मात्र उपस्थित हुनु भयो।
चीयापान कार्यक्रममा सरकारका सबै मन्त्रीहरु सहभागी थिए । मुख्यमन्त्रीहरुमा शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ्ग, शेरधन राई र डोरमणि पौडेल पनि पुगनु भएको थियो ।
मााधव नेपाल पक्षीय नेताहरु भने चीयापान कार्यक्रममा अनुपस्थित हुनु भएका थिए ।
