मुख्य समाचारसमाचार

अवैध भारतीय नोटसहित सिरहाबाट एकजना पक्राउ

अवैध भारतीय नोटसहित सिरहाबाट एकजना पक्राउ

[mashshare]

फागुन,  १८  काठमाडौं -प्रहरीको टोलीले दुई लाख ५० हजार अवैध भारतीय नोटसहित सिरहाबाट आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सहरसा ग्राम किसनपुर पञ्चायत–२ निवासी ६० वर्षीय चतुरी यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई रु दुई हजार दरको तीन थान र ५०० दरको ४८८ थान गरी रु दुई लाख ५० हजार अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बरामद भारतीय रुपैयाँसहित यादवलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाइएको प्रहरीको भनाइ छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close