मनोज कार्की
फागुन,१६ झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका-२ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नु भएको छ।
गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षी धरम जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर रहेको छ ।
सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले १६ करोड ६२ लाख ६४ हजार ९७५ मा लिएको थियो ।
प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी लोकमार्गका निर्माण हुने ३१ पुलको एकैचोटि शिलान्यास गर्नु भएको छ।
