Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सू चीलाई तत्काल रिहा गर्न म्यामारको सेनालाई आग्रह गर्नु भएको छ।
सभापति शेरबहादुर देउवाले सोमबार आफ्नो ट्विटरमार्फत सू चीलाई तत्काल रिहा गर्न म्यानमारको सेनासँग आग्रह गर्नु भएको हो। सभापति देउवाले भनुभएको छ। “म्यानमारको सेनालाई आङ सान सू चीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न नेपाली कांग्रेस आग्रह गर्दछु।
म्यानमारको सेनाले सोमबार बिहान म्यानमारका राष्ट्रपति वुइन मिन्ट, नेतृ आङ सान सू चीलगायतका शीर्ष राजनीतिक दल र सरकारी अधिकारीहरुलाई नियन्त्रणमा लिएको थियो ।
म्यानमारमा सेनाले सैन्य कू गरि निर्वाचति सरकार अपदस्थ गरेको छ । सरकार असफल भएपछि एक वर्षका लागि मुलुक नियन्त्रणमा लिएको म्यानमार सेनाले जनाएको छ ।
