१८ माघ, २०७७ – आइतवार – आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।
चिताएको कामले तीव्रता लिनेछ ।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
पारिवारिक सद्भाव बढ्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज लामो समयदेखि रोकिएका
अधुरा कार्यहरू पुरा हुनेछन् ।
आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ ।
सफल यात्राको योग पनि छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।
दाम्पत्य सम्बन्ध सुदृढ बन्नेछ ।
वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।
धर्म कर्म, परोपकार, समाजसेवा
जस्ता कार्यमा मन लाग्नेछ ।
रोजगारको अवसर पनि मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके
आजको दिनलाई बढी
सकारात्मक बनाउन सकिनेछ ।
वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफन्त र साथीभाइबाट सहयोग
तथा हौसला प्राप्त हुनेछ ।
रमणीय र सुखद् यात्राको योग छ ।
आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ ।
झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।
स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ ।
मित्रबाट विशेष सहयोग मिल्नेछ ।
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
नजिकै घुम्न पनि पाईनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ ।
जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।
धर्म र कर्ममा मन लाग्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज लगनशीलताको कमिले गर्दा ठूलो
उपलब्धि हातपार्न नसकिएला ।
बोलीको विपरीत अर्थ लाग्न सक्छ ।
यात्रा गर्दा सचेत हुनुपर्छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
आफुले काम देखाएर अरूको
मन लोभ्याउन सकिनेछ ।
काम गर्ने उत्साह र हौसला मिल्नेछ ।
hamro patro copy – ज्यो.प. नारायणप्रसाद दुलाल
