मुख्य समाचारसमाचार

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक–गोन्द्राङ सडक स्तरोन्नतिको शुभारम्भ

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक–गोन्द्राङ सडक स्तरोन्नतिको शुभारम्भ

[mashshare]

काठमाडौं  १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन्। भरतपुर महानगरपालिका– १० स्थित विमानस्थल अगाडि आज प्रधानमन्त्री ओलीले उक्त कार्यको शुभारम्भ गरेका हुन्। उनले सोही स्थानमा निर्माण गरिएको शिलालेखको समेत अनावरण गरेका छन्।

उक्त अवसरमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक आयोजनाका विषयमा विस्तृत जानकारी गराए। प्रधानमन्त्री ओलीले केहीबेरपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई छ लेनमा विस्तार गर्न लागिएको हो। शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६ दशमलव ८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

सडक निर्माणको जिम्मा इण्डो सगुन जेभी बुटवलले पाएको छ। दुई वर्ष चार महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ। गत असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्छ। सम्झौतापछि ठेकेदार कम्पनीले काम गरिरहेको छ। डिभिजनल प्रमुख कृष्णराज अधिकारीका अनुसार रु एक अर्ब १२ करोड लागतमा स्तरोन्नति गर्न लागिएको हो।

टिकौली वन छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल चोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ। यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ। दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने अधिकारीले जानकारी दिए। सडक छेउका अतिक्रमित घरटहरा भत्काउनेदेखि बाटोको साइड सफा गर्ने काम भइरहेको छ भने ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिँदै छ। शहरी सौन्दर्यतालाई समेत ख्याल गरेर सडक स्तरोन्नति गरिँदै छ।

सडकको दायाँबायाँ ११ दशमलव ५ र ११ दशमलव ५ मिटरको कालोपत्र हुनेछ। त्यसका बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५ दशमलव ५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुने अधिकारीले जानकारी दिए। त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुनेछ। बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरकफरक रहेको छ। पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलगअलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ। बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ।

यो क्षेत्र जिल्लाको घनाबस्ती र बजार रहेको क्षेत्र हो। यसकै आसपासमा अधिकांश सरकारी कार्यालय रहेका छन्। बाइपास सडक र ग्रामीण क्षेत्रबाट आएका सडक यही आएर जोडिएका छन्। भरतपुर विमानस्थल यसै सडकसँग जोडिएको छ। विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डसँगै यसलाई पनि स्तरोन्नति गर्न लागिएको हो। यस क्षेत्रको सडक साँघुरो हुँदा दुर्घटना हुने गरेका छन्। – रासस

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close