चुनमणी शर्मा
बुटवलमा /ताजा जनादेशका लागि घोषित मध्यावधि निर्वाचनको समर्थनमा नेकपा ओली पक्षको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनीले बुटवलमा भव्य प्रदर्शन,गरेको छ।

बुटवलस्थित राजमार्ग चौराहाबाट सुरु भएको मोटरसाइकल र्याली मिलन चोक, पुष्पलाल पार्क, अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिकचोक हुदै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा पुगेको थियो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीलाई काम गर्न दिन र नयाँ जनादेशका लागि चुनाबमा जानुपर्ने जस्ता नारा लगाएका थिए।

भेलामा नेकपा ओली पक्षका लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरु महेश बस्नेत, लिला गिरी, रमेश पौडेल लगायतले सम्बोधन गरेका थिए।
