मुख्य समाचारसमाचार

वीरगञ्जमा बालिका बलात्कार गर्ने एक भारतीय पक्राउ

वीरगञ्जमा बालिका बलात्कार गर्ने एक भारतीय पक्राउ

[mashshare]

माघ ११ । वीरगञ्ज महानगरपालिकामा ११ वर्षीया बालिका बलात्कृत गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाकी बालिका बलात्कार गर्ने भारतीय नागरिक नेहाल मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

आरोपी मियाँलाई जर्बजस्ती करणीको मुद्दामा म्याद थप गर्न जिल्ला अदालत पर्सा पेश गर्ने प्रहरीले तयारी गरेको छ । मियाँ र पीडित बालिकाका पिता साथी हुन् । पीडितको घरमा बसेका मियाँले जबरजस्ती गरेपछि बालिका चिच्याएकी थिइन ।

पीडित बालिकाका पिताले थाहा पाएपछि पीडक मियाँ फरार भएका थिए । फरार मियाँलाई प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close