२०७७ माघ ,५ (सोमवार ) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
